सार्वजनिक शान्ति विरुद्धको मुद्दामा दुर्गा प्रसाईं पुनः पक्राउ

taraitimes.com

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं लाई सार्वजनिक शान्ति विरुद्धको मुद्दामा आज बिहान पुनः पक्राउ गरिएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो।

पारिवारिक स्रोतका अनुसार आज बिहान करिब ६ बजेदेखि नै जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी टोली प्रसाईंको निवास परिसरमा तैनाथ थिए। बिहान ७ बजेर ४५ मिनेटतिर पक्राउ पुर्जी थमाउँदै प्रहरीले उनलाई पक्राउ गरेको पारिवारिक स्रोतले जनाएको छ। पक्राउ पुर्जीमा सार्वजनिक शान्ति विरुद्धको मुद्दामा अनुसन्धान गर्नुपर्ने व्यहोरा उल्लेख गरिएको छ। पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ।

यसअघि प्रसाईं फागुन ४ गते काठमाडौं बाट पक्राउ परेका थिए। उनी पहिलो पटक करिब ९ दिन हिरासतमा बसेपछि फागुन १३ गते रिहा भएका थिए। उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी श्रीमती उमा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालत ले थुनामुक्त गर्न आदेश दिएको थियो।

प्रतिक्रिया