युवराज शाह,१३ चैत २०८२ | taraitimes.com,नेपालको राजनीतिक परिदृश्यमा एक ऐतिहासिक मोड दिँदै प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठन भएको छ। राष्ट्रपति भवनमा आयोजित विशेष समारोहका बीच प्रधानमन्त्री शाह र नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।नयाँ सरकारमा अर्थविद् डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ भने गृह मन्त्रालयको कमान सुधन गुरुङलाई सुम्पिएको छ। परराष्ट्र मन्त्रालयमा शिशिर खनाल नियुक्त हुनुभएको छ।प्रधानमन्त्री शाहले रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफैँसँग राख्नुभएको छ। मन्त्रिमण्डलमा कार्यक्षमता र विज्ञतालाई प्राथमिकता दिँदै विभिन्न मन्त्रालयहरूलाई संयोजन गरिएको देखिन्छ।
मन्त्रिपरिषद्को कार्यविभाजन यस प्रकार छ:
१.प्रधानमन्त्री वालेन्द्र शाह: रक्षा; उद्योग, वाणिज्य तथा आपूर्ति
२.डा. स्वर्णिम वाग्ले: अर्थ मन्त्रालय
३.सुधन गुरुङ: गृह मन्त्रालय
४.शिशिर खनाल: परराष्ट्र मन्त्रालय
५.सुनिल लम्साल: भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास
६.विराज भक्त श्रेष्ठ: ऊर्जा, जलस्रोत तथा सिँचाइ
७.खडक राज पौडेल: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
८.सस्मित पोखरेल: शिक्षा, विज्ञान तथा प्रविधि; युवा तथा खेलकुद
९.निशा मेहता: स्वास्थ्य तथा जनसङ्ख्या; खानेपानी
१०.डा. विक्रम तिमिल्सिना: सञ्चार तथा सूचना प्रविधि
११.प्रतिभा रावल: सङ्घीय मामिला तथा सामान्य प्रशासन; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१२.सोविता गौतम: कानून, न्याय तथा संसदीय मामिला
१३.गीता चौधरी: कृषि तथा पशुपन्छी विकास; वन तथा वातावरण
१५.दिपक कुमार साह: श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१५.सीता बादी: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
यो नयाँ मन्त्रिपरिषद्मा युवा अनुहार र विभिन्न क्षेत्रका विज्ञहरूको उपस्थिति रहेकाले आम नागरिकमा नयाँ आशा र उत्साह सञ्चार भएको छ। विकास, सुशासन र आर्थिक समृद्धिलाई प्राथमिकता दिने लक्ष्यका साथ सरकारले आजैबाट आफ्नो कार्यभार सम्हालेको छ।