युवराज शाह ,१४ चैत्र |तराई टाइम्स: नेपालको राजनीतिमा आज बिहानै ठुलो हलचल पैदा भएको छ। नवनियुक्त बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृह मन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ।
गौरी बहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने शुक्रबारको मन्त्रिपरिषद्को निर्णय लगत्तै यो कदम चालिएको हो। 'जेन-जी' युवा आन्दोलन दमन र मानवीय क्षतिका लागि उहाँहरूलाई जिम्मेवार ठहर्याइएको छ। पक्राउ पुर्जा: दुवै नेतालाई आज बिहान उहाँहरूकै निवासबाट पक्राउ पुर्जा थमाएर नियन्त्रणमा लिइएको हो।
स्वास्थ्य परीक्षण: पक्राउ लगत्तै दुवैको स्वास्थ्य परीक्षण भइरहेको छ।
अदालत पेश: शनिबार सार्वजनिक विदा भएकाले उहाँहरूलाई भोलि (आइतबार) मात्र म्याद थपका लागि अदालत पेश गरिनेछ।
पक्राउ पर्ने बेला अध्यक्ष ओलीले आफूलाई "राजनीतिक प्रतिशोध" का कारण पक्राउ गरिएको बताउनुभएको छ। उहाँले आफ्ना वकीलहरूसँग कानुनी सल्लाह समेत लिनुभएको छ। वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई र पूर्व महान्यायाधिवक्ता रमेश बारालले यो पक्राउलाई 'गैरकानुनी र पूर्वाग्रहपूर्ण' भन्दै कडा विरोध गरेका छन्।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले यो पक्राउलाई सरकारको तानाशाही कदम भन्दै देशभर "सडक संघर्ष" गर्ने चेतावनी दिनुभएको छ। एमालेले आजैदेखि आकस्मिक र निरन्तर बैठकहरू बस्ने तयारी गरेको छ।