मोरङ-५ मा 'आशा'को सुनामी: रास्वपाकी आशा झाको ११ हजारभन्दा बढीको विशाल अग्रता, लालवानी र मण्डल निकै पछाडि !

taraitimes.com

 विराटनगर | फागुन २३,  मोरङ क्षेत्र नं. ५ को चुनावी मैदानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुरानो राजनीतिक किल्लाहरू भत्काउँदै सनसनीपूर्ण अग्रता लिएको छ। शनिबार बिहान ६:०० बजेको पछिल्लो मत परिणाम अनुसार रास्वपाकी उम्मेदवार आशा झाले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि छाड्दै विजय तर्फको यात्रा बलियो बनाएकी छिन्।

पछिल्लो विवरण अनुसार आशा झाले १७,१९४ मतका साथ शीर्ष स्थानमा राज गरिरहेकी छिन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका हेभीवेट उम्मेदवार फूल कुमार लालवानीले मात्र ६,०८० मत प्राप्त गरेका छन्। यो अग्रता ११,११४ मतको हो, जसलाई राजनीतिक विश्लेषकहरूले मोरङमा 'परिवर्तनको लहर'का रूपमा हेरेका छन्।

त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपाका शिव कुमार मण्डलले ५,७७३ मत पाएका छन् भने नेकपा (माले) का मनोज कुमार अग्रवाल ५,१९२ मतसहित चौथो र जसपाका राजकुमार यादव ५,१७३ मतका साथ पाँचौँ स्थानमा संघर्षरत छन्।  योगेन्द्र मण्डल अहिलेसम्म १,८३४ मत परेको छ।

अन्य उम्मेदवारहरूको विवरण:: चुनावी मैदानमा रहेका अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरूको मत संख्या न्यून रहेको छ:

अमर कुमार यादव (स्वतन्त्र): ३३५,परमेश्वर मुर्मु (जनमत): २२९,कुमोद राय (राप्रपा): १९५,गंगा प्रसाद गिरी (माओवादी): ६१,राजेन्द्र प्रसाद मण्डल (प्रलोपा): ५१,राजकुमार राजवंशी (स्वतन्त्र): २९,मंगल रिसिदेव (संलोराम): २८,नरेश कुमार लाभ (राष्ट्रिय मुक्ति पार्टी): १७,गंगा कुमारी राजवंशी (नेमकिपा): १५,सुजित कुमार साह (स्वतन्त्र): १०,ममता यादव (स्वतन्त्र): ९,शकुन्तला श्रेष्ठ (मंगोल नेशनल): ५,जय नारायण शर्मा र सूर्यनारायण ठाकुर (स्वतन्त्र): ३-३ मत

बिहान ५ बजेसम्मको यो नतिजाले मोरङ ५ मा 'घण्टी'को दबदबा स्पष्ट पारेको छ। थप विवरणका लागि TaraiTimes.com हेर्दै गर्नुहोला।

प्रतिक्रिया