।सांसद आशा झा र मुख्यसचिव सुमनराज अर्यालबीच सिंहदरबारमा भेटवार्ता: क्षेत्रको विकास र जनसरोकारका विषयमा छलफल

taraitimes.com

मोरङ क्षेत्र नम्बर ५ का सांसद माननीय आशा झाले नेपाल सरकारका प्रमुख सचिव  सुमनराज अर्यालसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटघाट गर्नुभयो।

भेटका क्रममा मोरङ क्षेत्र नम्बर ५ को समग्र विकास, सडक, शिक्षा, स्वास्थ्य लगायत जनताका महत्वपूर्ण आवश्यकताबारे विस्तृत छलफल भयो। माननीय आशा झा आफ्नो क्षेत्रको विकासका योजना अघि बढाउन विशेष ध्यान दिन अनुरोध गर्नुभयो।

प्रमुख सचिव सुमनराज अर्यालले पनि आवश्यक समन्वय गरी मोरङ क्षेत्र नम्बर ५ को विकासका कामलाई अघि बढाउने प्रतिबद्धता जनाउनुभयो।

मोरङ क्षेत्र नम्बर ५ को समृद्धि र जनताको हितका लागि भएको यो भेटघाटलाई महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।

प्रतिक्रिया