युवराज शाह, २३ फागुन २०८२ : प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत मोरङ क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी आशा झा सानदार मतका साथ विजयी हुनुभएको छ। अन्तिम मतपरिणाम अनुसार झाले ३०,४३४ मत प्राप्त गर्नुभएको छ भने उहाँकाे निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस का फूल कुमार लालवानीले ९,४१५ मतमा चित्त बुझाउनुभएको छ। झाले लालवानीलाई २१,०१९ को भारी मतान्तरले पराजित गर्नुभएको हो। मोरङ ५ का मतदाताले यसपटक परिवर्तनको पक्षमा मतदान गर्दै रास्वपाको 'घण्टी' लाई रोजेका छन्।
07 March 2026