युवराज शाह ,तराई टाइम्स: नेपालमा प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भई नयाँ सरकार बन्ने सुनिश्चित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक संजाल x Twitter मार्फत ज्ञापन गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत आफ्नो खुसी व्यक्त गर्दै मोदीले यस निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको एक 'गौरवपूर्ण क्षण' को रूपमा चित्रण गर्नुभएको छ।
प्रधानमन्त्री मोदीले नेपाली जनताले उत्साहपूर्वक आफ्नो मताधिकार प्रयोग गरेकोमा प्रशंसा गर्दै यसलाई ऐतिहासिक उपलब्धि भन्नुभएको छ। आगामी दिनमा बन्ने नयाँ सरकारसँग मिलेर दुई देशको साझा उन्नति, प्रगति र समृद्धिका लागि काम गर्न भारत तत्पर रहेको उहाँले उल्लेख गर्नुभयो। भारतले नेपालको शान्ति र स्थिरताका लागि सधैं सहयोग गर्ने प्रतिबद्धता समेत दोहोर्याएको छ।