युवराज शाह, फागुन २३ | मुलुकभर जारी प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व अग्रता कायम गरेको छ। शनिबार राति १ बजेको अपडेट अनुसार रास्वपाले ११० निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ भने ५ वटा सिटमा जित हासिल गरिसकेको छ।
अन्य दलहरूको अवस्था: नेपाली कांग्रेस: ९ स्थानमा अग्रता र ३ स्थानमा विजय।
नेपाली कम्युनिस्ट पार्टी (NCP): १० स्थानमा अग्रता र २ स्थानमा विजय। यस पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' रुकुम पूर्वबाट र महेन्द्र बहादुर शाही कालिकोटबाट विजयी भएका छन्।
नेकपा एमाले: १५ स्थानमा अग्रता कायम गरे पनि हालसम्म कुनै पनि सिटमा जित निकाल्न सकेको छैन।
श्रम संस्कृति पार्टी: हर्क साम्पाङ नेतृत्वको यस पार्टीले ६ स्थानमा अग्रता लिएको छ।