विराटनगरमा श्रीमानद्वारा श्रीमतीको हत्या: कल्भर्टमुनि कपडामा बेरेर बाँधिएको अवस्थामा शव फेला

taraitimes.com

विराटनगर।विराटनगर महानगरपालिका–१५ का रोशन साहले आफ्नी ३२ वर्षीया श्रीमती कोमल कुमारी साहको हत्या गरेको सनसनीपूर्ण तथ्य खुलेको छ। मोरङ प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार रोशनले श्रीमतीको घाँटी थिची हत्या गरेपछि हात-खुट्टा बाँधेर वडा नं. १७ स्थित छला फ्याक्ट्री नजिकैको कल्भर्टमुनि फालेका थिए।शव फेला परेको ६ दिनअघि नै रोशनले श्रीमती हराएको सूचना प्रहरीलाई दिएर अनुसन्धान भड्काउने प्रयास गरेका थिए। तर, शवबाट दुर्गन्ध आउन थालेपछि स्थानीय र वडा अध्यक्षको सूचनाका आधारमा प्रहरीले कल्भर्टमुनिबाट शव बरामद गरेको हो।प्रहरीका अनुसार दाम्पत्य कलह र परपुरुषसँगको सम्बन्धको आशंकामा रोशनले श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।हाल आरोपी रोशन साह प्रहरी नियन्त्रणमा छन्। शवको पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।

प्रतिक्रिया